punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा दुई प्रदेश प्रमुखको भेटवार्ता, समन्वय र सहकार्यका बिषयमा छलफल

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबिच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँको निवासमा दुई प्रदेश प्रमुखहरू बिच भेटवार्ता भएको हो ।

धनगढी निवासी देवकोटालाई सरकारको सिफारिसमा साउन १६ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक देवकोटा धनगढी पुगेका हुन् ।

प्रदेश प्रमुख मियाँले प्रदेश प्रमुख देवकोटालाई आज आफ्नो निवासमा स्वगत तथा बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरेका थिए ।

भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताएका थिए । दुबै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।

अनुभव आदान प्रदान गर्दै संवृद्धि र विकासका बिचमा पनि छलफल गरिएको थियो ।


२७ साउन २०८१, आइतवार १७:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु