punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा गिता भण्डारीले सञ्चालन गरेको खाजा पसलभित्र फेला परे चोरीका गरगहना

Chaupati
safha napa

धनगढीः कैलालीको धनगढीमा चोरी भएका गरगहना एक खाजा पसलभित्र फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित योगेन्द्र ओझाको घरबाट चोरी गरिएका थप गरगहना खाजा पसलभित्र लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो। धनगढी उपमहानगरपालिका–१ बस्ने गिता भण्डारीले सञ्चालन गरेको खाजा पसलभित्र तथा सोही नजिक भण्डारीले नै भाडामा लिएको केराबारी नजिकको जमिनमा खाल्डो बनाएर लुकाई राखेको अवस्थामा थप गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

हिजो (शनिबार) एक थान नौगेडी, एक थान मंगलसुत्र, एक थान बलमाला, एक थगान फेन्सीमाला, एक थान पत्थरवाला माला, एक थान बाला, ठुलो टप २ जोर (चार पिस), विभिन्न प्रकारका सानो टप (१३ पिस), एक थान अंगुठी, एक थान सिक्री, हिरा जस्तो देखिने एक थान सिक्री र नगद ३४६ रुपैया बरामद गरेर चोरी कार्यमा संकलग्न हर्कबहादुर गिरीलाई चोरी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

शिक्षक समेत रहेका ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना खाल्डोमा लुकाएको अवस्थामा फेला पारिएको हो। धनगढी–१८ फूलबारी बस्ने ३१ वर्षीय गिरीले नगद, सुन र चाँदीका गरगहना चोरी गरेका थिए। बुधवार शिक्षक ओझाको घरमा कोही नभएको मौका छोपेर गिरीले ढोका फुटाएर चोरी गरेका थिए।

चोरी मुद्दामै तीन वर्ष कैद सजाय भुक्तान गरेर साउन १७ गते कैलाली कारागारबाट छुटेका गिरीले ओझाको घरबाट नगद २५ हजार नगद, करिब ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेका थिए। प्रहरीले यसअघि नै गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायत सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिसकेको थियो।

 


२७ साउन २०८१, आइतवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु