डेंगीका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीलाई निःशुल्क उपचार गर्न विभिन्न अस्पताल तथा मेडिकल कलेजलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा मंगलबार डेंगी संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बसेको बैठकले मन्त्रालय अन्तर्गतका विभाग, संघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग छलफलमा यस्तो निर्णय गरिएको हो।

बैठकमा हरेक शुक्रबार आ–आफ्नो कार्यालय र अस्पताल परिसरमा सरसफाईका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान संचालन गर्ने निर्णय भएको पनि मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।


२४ साउन २०८१, बिहीवार ०७:३० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु