punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली, कञ्चनपुर र डडेल्धुराबाट भन्सार छलीका सामान बरामद

Chaupati
safha napa

कैलाली । कैलाली कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

कैलाली प्रहरीले सोमबार धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, टीकापुर नगरपालिका–९ ठोसे बजार स्थित भित्री सडक खण्ड, जोशीपुर गाउँपालिका–३ लक्कड र कैलारी गाउँपालिका–४ “के” गाँउको जङ्गलबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य १ लाख ३८ रुपैयाँ बराबरको चिनी, बिडी, सुर्ती, गुट्खा, बदाम, किसमिस, सिद्रा माछा, बोईलर कुखुरा लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारेको हो । भन्सार छलीका सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रहरीले भिमदत्त नगरपालिका–५ विश्वकर्मा मन्दिर नजिक, वडा नम्बर ९ जिरो प्वाईन्ट र वडा नम्बर १० बिद्युत कार्यालय नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरेको हो ।

अन्दाजी १ लाख ४५ हजार मूल्य बराबरको चिनी, दाल, चना, खाने तेल, सरफ, गुड, बेसन, चकलेट, खुर्सानी, साडी, धोती, सुट पिस, सुटको थान कपडा, कुर्ती, आईरन, हाडवेयरका सामान, किरानाका सामान लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरि डडेल्धुरा प्रहरीले पर्शुराम नगरपालिका–५ बहादुरे खोला नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २४ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

एमआरएफ नामक दुईवटा टायर बरामद गरेको र आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ ।


२२ साउन २०८१, मंगलवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु