punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सौर्य एयर दुर्घटनाः आफन्तले शव बुझ्ने क्रम शनिबार पनि जारी

Chaupati
safha napa

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुका शव आफन्तले बुझ्ने क्रम शनिबार पनि जारी रहने छ। अहिलेसम्म ६ वटा शव परिवारको जिम्मा लगाइएकोमा बाँकी शव शनिबार परिवारले बुझ्दैछन्।

शुक्रबार को-पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, राजाराम आचार्य र श्याम विन्दुकारको शव आफन्तले बुझेका अस्पतालले जनाएको छ।
परिवारले दिएको विवरणका आधारमा सबै शव पहिचान भएको अस्पतालको भनाइ छ।

पीडित परिवारलाई कम्पनीका तर्फबाट सहयोग हुने सौर्य एयरलाइन्सले प्रतिबद्धता जनाएको छ। बुधबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्न खोजेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। पाइलट बाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो। सि चेकको लागि पोखरा जान खोजेको विमानमा सौर्यका कर्मचारी थिए।

 


१२ साउन २०८१, शनिवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु