punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको नोभामा अस्पतालमा राति तोडफोड..

Chaupati
safha napa

धनगढीको नोभा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ। आफन्तहरु क्रुद्ध भएपछि अस्पतालको काउन्टरमा अहिले राति तोडफोड भएको हो।

अस्पतालमा परिचालन भएका प्रहरीले तोडफोड भएकोमा अहिले भने तनाव कम भएको र दुई पक्षको छलफल थालिएको जनएको छ। आजमात्रै डाक्टरकाे लापरवाहीले कञ्चनपुरकाे बेलाैरीका १७ वर्षीय नसिभ चाैधरीकाे मृत्यु भएकाे भन्दै आफन्त आन्दोलित भएका थिए।

सोही क्रममा हस्पिटलले वार्ताका लागि भन्दै आइसीयू वार्डका स्टाप नर्स छलफलमा राखेपछि आक्रोशित पीडित पक्षले हस्पिटलमा ताेडफाेड गरेको बताइएको छ।

जन्डिसकाे समस्याका कारण अस्पताल भर्ना भएका चाैधरीकाे शुक्रबार मृत्युु भएकाे थियोे।

उपचारमा चिकित्सकले लापरवाही गरेकाे भन्दै कारवाही र क्षतिपूर्तिकाे माग गर्दै आफन्तले शव बुझ्न मानेका छैनन्।

बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए।तर उनको उपचारमा लापरबाही गरेर उपचार तथा रेफरमा ढिलाई गरेर नसिभको मृत्यु भएको आरोप लागेको छ।

मृतकको उपचारमा डाक्टर रामचन्द पौडेल संलग्न थिए। मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए।

 


१२ साउन २०८१, शनिवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु