तोलामा २४ सयले घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य तोलामा रु. दुई हजार चार सयले घटेको छ। बुधबार प्रतितोला रु. एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ।

यस्तै, बुधबार प्रतितोला रु. एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ५५ ले घटेको छ। बुधबार प्रतितोला रु. एक हजार ८०५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ७५० निर्धारण भएको छ।


१० साउन २०८१, बिहीवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु