ललितपुरमा झाडीमा भेटियो भरूवा बन्दुक

काठमाडौं । ललितपुरको एक घाँसे पाखामा एकनाले भरूवा बन्दुक फेला परेको छ।
महांकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेलस्थित घाँसे पाखाका् एक झाडीमा बिहीबार बिहान साढे ७ बजे बोरामा बेरेर लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उक्त बन्दुक कसको हो भन्ने खुल्न सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
२७ असार २०८१, बिहीवार ११:५८ बजे प्रकाशित