सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।
सुन हिजो मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ ।
चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।
२६ असार २०८१, बुधवार १२:२० बजे प्रकाशित