चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका(२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका(८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
साथै गौरीगञ्ज गाउँपालिका(३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

११ असार २०८१, मंगलवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु