झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै अड्किए (भिडिओ)
धनगढी । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड पुलमा फसेका हुन् ।
पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आवत जावत पनि बन्द भएको छ ।
यो झोलुङ्गे पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि सुरक्षा टोली खटाइएको छ ।
२७ जेठ २०८१, आइतवार १२:३२ बजे प्रकाशित































