अछाममा विद्युत सर्ट भएर एक घरमा आगलागी
अछाम । अछामको रामारोसन गाउँपालिका– ५ सल्लीसैनमा एक घरमा आगलागी भएको छ ।
सोही ठाउँको दासबाँडा बस्ने जगत दासको ढुंगाले बनेको दुई कोठे दुई तले घरमा आगलागी भएको हो ।
घरमा जडान गरेको बिजुलीको सर्भिस तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगलागीबाट मानवीय भने नभएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
२७ जेठ २०८१, आइतवार १०:३५ बजे प्रकाशित