आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङ । दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सोही ठाउँस्थि ग्रिल उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२३ जेठ २०८१, बुधवार १७:२८ बजे प्रकाशित































