भारतको राजकोटमा आगलागी हुँदा २८ जनाको मृत्यु
काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ ।
बीबीसीकिा अनुसार आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ ।
सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो ।
अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ ।
१३ जेठ २०८१, आइतवार ०९:२२ बजे प्रकाशित