punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराबाट विद्यार्थी लिएर रारा जाँदै गरेको जिप दुर्घटना

Chaupati
safha napa

धनगढी । बाजुराबाट विद्यार्थी लिएर रारातर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ ।

जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टीको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो । जिपमा सवार १२ जना घाइते भएका छन् ।

उनीहरूमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन् । घाइतेमध्ये चालकको लालबहादुर भण्डारीको अवस्था गम्भीर रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

जिप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।


१० जेठ २०८१, बिहीवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु