बाजुरामा आँखा शिविरबाट ६ सय बढी नागरिक लाभान्वित

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ६ सय बढी व्यक्तिहरु लाभान्वित भएका छन् ।

नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना र बुढिगंगा नगरपालिकाको सहकार्यमा नगरपालिकामा रहेको बाजुरा स्वास्थ्य चौकी टाटेँमा आँखा शिविरमा पाँच सय ९२ जनाले आँखा जाँच गरेका छन् ।

सोमबार र मंगलबार गरि दुई चलेको निःशुल्क आँखा शिविरमा तीन सय २४ महिला र दुई सय ६८ महिलाको आँखा परीक्षण गरिएको बुढिगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

आँखा शिविरमा एक सय ३६ जनाको अप्रेशन गरिएको र एक सय ३० जनालाई निःशुल्क चश्मा वितरण गरिएको बाजुरा स्वास्थ्य चौकी टाटेँका प्रमुख छत्रबहादुर थापाले बताए । आँखा शिविरमा उपचारका लागि बुढिगंगा नगरपालिकासँगै त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका नागरिकले सेवा लिएका छन् ।

आँखा शिविरमा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेसराज पन्त र बाह्य संयोजक गणेश चौधरी लगायतको टोली खटिएको थियो ।


९ जेठ २०८१, बुधवार १४:२८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु