सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) फेरि नयाँ रेकर्ड कामय गरेको छ ।

सुन आज तोलामा एक हजार ६ सय रुपैयाँ बढ्दै हालसम्मकै उच्च प्रतितोला एक लाख ४० हजार रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल पत्रकार महासंघका अनुसार आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

चाँदी आज तोलामा एकैदिन ६० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


३ जेठ २०८१, बिहीवार १०:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु