उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहुनभएका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।
“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उहाँले भन्नुभयो । उहाँले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिनुभएको छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिनुभएको छ । जसपा राजनीतिक समिति सदस्य समेत रहनुभएका उहाँले आजै राजीनामा बुझाउनुभएको हो ।

३१ वैशाख २०८१, सोमवार ११:३३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु