punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुरेमा अनुदानमा उन्नत जातका भैँसी वितरण

Chaupati
safha napa
धनगढी । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३, ५ र ६ का १८ किसानलाई अनुदानमा १८ उन्नत जातका दुधालु भैँसी वितरण गरेको हो ।
किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले  गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको गाउँपालिकाका पशु विकास अधिकृत धर्मराज भट्टले बताउनुभयो । उहाँले निम्न आयस्रोत भएका अतिविपन्न, गरिब परिवारका किसानलाई भैँसीपालन व्यवसायतर्फ आकर्षित गर्न तीन वडाका १८ किसानलाई अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको पशु विकास शाखालाई कुल विनियोजित बजेट रु ३९ लाखमध्ये रु १८ लाखको लागतमा दुधालु भैँसी किनेर अनुदानमा उन्नत जातका दुधालु भैँसीसँगै किसानलाई आवश्यक पर्ने सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
पशु विकास अधिकृत भट्टले सो गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँ भएकाले किसानलाई त्यसतर्फ आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउँदै लगिने गाउँपालिकाको नीति रहेको बताउनुभयो । जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रमलाई वर्षेनि बढाउँदै लगिने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।
किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिका निरन्तर समन्य गरेर अघि बढ्ने उहाँको भनाइ छ । व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानका कार्यक्रम प्रभावकारी बन्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो ।
पशु विकास शाखाले चालु आवभित्र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन, रु पाँच लाखमा रागा बनाउने मेसिन र रु छ लाखमा औषधि खरिद गरी पशुपालक किसानलाई वितरण गरिनेसमेत जनाएको छ ।
कैलालीको पहाडी भेगमा पर्ने सो गाउँपालिका पशुपालन र कृषिका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिने गरिन्छ । उक्त गाउँपालिकामा पछिल्लो समय पशुपालन र कृषिकर्म गर्न सुदूरपश्चिमका बझाङ, अछाम, बैतडीबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढ्दै गएको गाउँपालिकाका सूचना अधिकारी कालिप्रसाद भट्टले बताउनुभयो ।

२० वैशाख २०८१, बिहीवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु