punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा एमाले उम्मेदवार भण्डारी दोब्बर मतले अगाडि, पछ्याउँदै सिंह

Chaupati
safha napa

काठमाडौँ । बझाङ प्रदेशसभा– १ (१) मा सुरुवाती अग्रता लिएका एमाले उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् । चार वटा वडाको मतगणना सक्दा उनले दोब्बरले अग्रता लिएका छन् ।

छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार भण्डारीले १३०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै छन् ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो ।


१६ वैशाख २०८१, आइतवार १७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु