punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

Chaupati
safha napa

इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई प्रति विद्यार्थी राहत स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण र नेपाल फर्कन इच्छुक नेपाली तथा निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि सरकारलाई आग्रह गरेका छन् ।

कामसँगै अध्ययनका लागि इजरायल गएका १० नेपाली विद्यार्थीको आक्रमणमा परी मृत्यु भएको छ । जसमा सुदूरपश्चिमका मात्रै सात जना छन् ।


२२ असोज २०८०, सोमवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु