punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत गएका सुदुरपश्चिमेली दसैँतिहार मनाउन स्वदेश फर्किंदै

Chaupati
safha napa

रोजगारीको सिलसिलामा भारत पसेका नेपाली दसैँतिहार मनाउन धमाधम स्वदेश फर्किन थालेका छन् । लामो समयदेखि भारतमा बस्दै आएकादेखि बर्खे खेती लगाएर भारत गएकाहरू फर्किरहेका छन् ।

प्रदेशका विभिन्न नाकामा बिहान सबेरैदेखि भिड लाग्ने गरेको छ । बर्खे खेतीपातीको काम सकेर धेरै नेपाली भारतको सिमला, हिमाचल प्रदेशलगायत विभिन्न स्थानमा काम गर्न जाने गरेका छन् । अहिले धान काट्ने बेला भएकाले पनि मौसमी कामदारका रूपमा गएकाहरू घर फर्कने क्रम बढ्दो छ ।

भारतको सिमलामा करिब अढाई महिना काम गरेर नेपाल फर्किएका कैलारी गाउँपालिका–७ का खेमराज चौधरी उताको काम सकियो, अब यता काम गर्नु प¥यो भन्नुहुन्छ । चाडपर्व पनि मनाउने र धान पाकेकाले काट्न आएको भनाइ उहाँको छ । खेतीपातीको काम सकेर मौसमी कामदारका रूपमा कमाउनका लागि गएकाले चाडपर्व र गहुँ खेतीका लागि खर्च जोहो गरेर फर्कने गरेका जनाइएको छ ।

चाडपर्व नजिकिएपछि दैनिक एक हजारभन्दा बढी नेपाली विभिन्न नाका हुँदै स्वदेश फर्किरहेको प्रदेश सरकारले जनाएको छ । शुक्रबार गौरीफन्टा नाका भएर ७६२, गड्डाचौकी नाका भएर १७६ र बैतडीको झुलाघाट नाका भएर ४१ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । यसै गरी कैलालीको खक्रौला नाका, चन्दन चौकी नाकालगायत अन्य नाकाबाट पनि कामदार फर्किरहेका छन् ।

अन्य नाकाबाट फर्कने कामदारको विवरण राख्ने गरिएको छैन । चाडपर्वका बेला नेपाल फर्किनेहरू भारतसहित सीमा क्षेत्रमा लुटिने पनि गरेका छन् ।त्यस्तो अवस्था आउन नदिन सीमा नाकामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका साथै सीमा तैनाथ भारतीय सीमा सुरक्षा बलसँग पनि छलफल गरिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय सुरक्षाकर्मीले ३५ हजार भारु नगद बोकेर आएकालाई दुःख दिने गरेको बताइएको छ ।गोरखापत्र

 


२१ असोज २०८०, आइतवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु