punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्यान्सरविरुद्ध खोप लगाउने समयावधि पाँच दिन थप

Chaupati
safha napa

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि थप गरेको छ।

पहिला यहि असोज ५ गतेसम्म मात्रै निर्धारण गरिएको समयावधि १० गतेसम्मको लागि थप गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

गएको भदौ २७ गतेबाट सुरु भएको यो अभियान असोज ५ गतेसम्मको लागि निर्धारण गरिएको थियो।

लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थप गरिएको महाशाखाले जनाएको छ।

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो। यो उमेरसमूहका किशोरीको सङ्ख्या नेपालमा साढे तीन लाख रहेको सरकारले जनाएको छ।

नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो।

नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने अध्ययनहरुको निष्कर्ष छ।


६ असोज २०८०, शनिवार ०९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु