punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

Chaupati
safha napa

डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ पर्ने तिन जना भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् ।

भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेको हो भने १८ वर्षीय किशोर फरार रहेका छन् ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । २० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ ।त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्तीकरणी गरेकोे उनीहरुमाथि आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन् । फरार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


४ असोज २०८०, बिहीवार ११:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु