punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको बेलडाँडीमा च्याउ टिप्न गएकी महिलाको गैडाको आक्रमणबाट मृत्यु

Chaupati
safha napa

कञ्चनपुरको बेलडाँडीमा च्याउ टिप्न गएकी महिलाको गैडाको आक्रमणबाट मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट च्याउ टिप्न गएकी बेलडाँडी गाउँपालिका-२ गुन्डी टोलकी ४२ वर्षिया बेलमती बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निकुञ्जभित्र च्याउ टिप्न गएको बेला आज बिहान गैंडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको बेलडाँडी प्रहरीले जनाएको छ ।बुढा अन्य २ जना महिलासँगै च्याउ टिप्न निकुञ्ज गएकी बताइएको छ । अन्य महिलाले भागेर ज्यान जोगाएका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बेलडाँडी गाउँपालिका नजिक निकुञ्जभित्र पर्ने कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको जानकारी आएको बताए ।उनले निकुञ्जको टोली घटनास्थलतर्फ गएको बताउँदै टोली पुगेपछि घटनाबारे प्रष्ट भन्न सकिने बताए ।गस्ती गर्दा शुक्रबार नेपाली सेनाले महिलाको शव फेला पारेको ऐरको भनाई छ ।

 


२९ भदौ २०८०, शुक्रवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु