punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट लागुऔषधसहित ६ जना पक्राउ,युवती समेत संलग्न

Chaupati
safha napa

कैलालीबाट लागुऔषधसहित एकैदिन ६ जना पक्राउ परेका छन्। लागुऔषधमा संलग्न पाँच जना युवक र एक जना युवती पक्राउ परेकी हुन्।

गोदावरी नगरपालिका–४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट १० ग्राम लागुऔषधसहित धनगढीकै बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्द पनि शनिबार साँझ पक्राउ परेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ का २४ वर्षीय आकाश भट्ट पनि लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ पक्राउ परेका छन्।

प्रहरीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट दुई ग्राम तीन सय मिलिग्राम लागुऔषधसहित धनगढी–४ का २८ वर्षीय रबि चौधरीलाई पनि शनिबार साँझ नै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

 


३१ असार २०८०, आइतवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु