punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साउने सोमबारको व्रत आजदेखि सुरु, कसरी पर्‍यो ८ सोमबार ?

Chaupati
safha napa

आज यस वर्षको साउन महिनाको पहिलो सोमबार। हिन्दु धर्मशास्त्रअनुसार साउन महिना र त्यसमा पर्ने हरेक सोमबारको विशेष महत्व हुने गर्छ। साउन महिनाको सोमबार व्रत बसेर भगवान शिवको विशेष पूजा तथा अभिषेक गर्नु निकै फलदायी मानिन्छ।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। यसपटक साउन महिनामा जम्मा ८ सोमबार व्रत बस्ने भएको छ। यो साउन महिना ३१ अगस्टसम्म रहनेछ।

यो वर्ष साउनमा अधिक (मलमास) परेको छ। गुरुपूर्णिमाको एक महिनामा आउने जनैपूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ।सोमबारको व्रत पनि लम्बिने देखिन्छ। शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ। साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। चन्द्रमानलाई आधार मानेर व्रत बस्नेले आजदेखि ९असार २५० देखि भदौ ११ गतेसम्म आठ वटा सोमबारको बस्नुपर्ने भएको छ।

यसपटक साउन महिना ५८ दिनसम्म रहनेछ। यस्तो अवस्थामा ८ साउन सोमबार र ४ प्रदोष व्रत गरी साउन शिवरात्रि पर्व मनाइँदैछ। साउनको अन्तिम सोमबार व्रत र प्रदोषको दुर्लभ संयोग पनि हुनेछ।साउनमा शिवको पूजा गर्नु धेरै शुभ मानिन्छ किनभने भोलेनाथ साउनमा छिट्टै प्रसन्न हुन्छन् भन्ने मान्यता छ। त्यसैले यो महिना सबै प्रकारका मनोकामना पूरा हुने विश्वास गरिन्छ। भोलेनाथलाई पानीको धारा अति प्रिय हुने मानिन्छ


२५ असार २०८०, सोमवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु