‘मदन भण्डारी ५ किमी रोड रेस’ को उपाधि कञ्चनपुरका चन्द र कैलालीका खड्कालाई
जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीमा आयोजित ‘मदन भण्डारी ५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले पाएका छन् ।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले बुधवार आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्र तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुर र छात्रा तर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन् ।
त्यस्तै पुरुष तर्फ द्धितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए ।
त्यस्तै चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए । त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी पाँचौँ र सिद्धनाथ माबिका अस्मित कुमार मारकण्डा छैटौँ भए ।
त्यस्तै छात्रा तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुरकी लक्ष्मी भट्ट द्धितीय र सरस्वती मावि कैलालीकी जानकी कडायत तृतीय भइन् ।
चौथो पञ्चोदय मावि धनगढी कैलालीकी मनीषा खड्का, शारदा माविकी सवनम खातुन पाँचौँ र पञ्चोदय मावि धनगढी कैलालीकी सपना चौधरी छैटौँ भइन् ।
प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैलाई प्रथमलाई १०र१० हजार, दितियलाई ७र७ हजार, तृतीयलाई ५र५ हजार , चौथो पाँचौँ र छैटौँले क्रमशः ३ हजार देखी १ हजार सम्म पाएका थिए।
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले रिबन काटेर उद्घाटन गरेको रोड रेसमा सुदूर पश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा पार्टी पोलिट ब्युरो सदस्य राजेन्द्रसिंह रावल, पूर्व प्रदेश मन्त्री सन्तोष शर्मा थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष नन्दा बस्याल, केन्द्रीय सचिव तथा खेलकुद महासंघका प्रदेश इन्चार्ज विष्णु चन्द लगायतको उपस्थिति रहेको थियो ।
खेलकुद महासंघका प्रदेश अध्यक्ष प्रकाश चन्दले रोड रेस प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी , दार्चुला र बैतडी गरि ६३१ जनाको सहभागिता रहेको बताए।
निश्चित समयमा दुरी पार गर्ने १०० जनालाई प्रशंसा पत्र समेत उपलब्ध गराइएको रोड रेसमा ४१४ छात्र र २१७ जना छात्राको सहभागिता रहेको थियो ।
२० असार २०८०, बुधवार १६:१३ बजे प्रकाशित































