punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको बडीमालिकाका हाकिमलाई वडाअध्यक्षले दिए ज्यानमार्ने धम्की

Chaupati
safha napa

बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्।

उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्मर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्। उनले भने, ‘हिजो बिहान ९ बजे तिर हो। मेयर साप, ६ नम्बरको वडाध्यक्ष र ७ नम्बरको वडाध्यक्ष तीनै जना हुनुहुन्थ्यो। काम गरेका छौ, भुक्तानी दिनु भन्नु भयो। प्रक्रियामा नआएकालाई समस्या हुने भनेको थिए। कर्मचारीलाई प्रक्रियामा नआएकालाई दबाब दिन सक्दैन भनेको थिए। मेरो यति रुपैया भुक्तानी दिनुछ। नभए, गोली हानेर मार्छु भन्नु भयो। मेयर साप नभएको भए मार्ने। दुई पटक हान्न आउनु भएको हो।’

प्रमुख प्रशासकिय अधिकृत विकलाई ज्यान मार्ने धम्की आएपछि उनले जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधवार नै ज्यानको सुरक्षा र कारबाहीका लागि निवेदन दिएका छन्। वडा अध्यक्ष खड्काले नगर प्रमुख अमर खड्काको कार्यकक्षमा गोली हान्ने धम्की दिएका विकले बताए। उनले प्रत्रmियामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताएपनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन्। यता यो विषयमा जानकारी लिन खोज्दा वडा अध्यक्षको फोन उठेन।

आफुलाई नगरपालिकामा पटक पटक धम्काउने गरेको प्रमुख विकले गुनासो गरेका छन्। उनले आफुलाई बडिमालिका नगरपालिकामा कार्यालय सहयोगीदेखि जनप्रतिनिधीहरुले धम्काएर ज्यान मार्ने धम्की पटक पटक दिदै आएको बताएका हुन्। उनलाई केहि दिने अगाडि कार्यालय सहयोगी खडक रानाले समेत ज्यान मार्ने धम्की दिएको थिए।

बडिमालिका नगरपालिकाको १३ औँ नगरसभामा धेरै महगो र धेरै ठुलो खसी किन चाहिँयो भन्दा उल्टै प्रमुख प्रशासकिय अधिकृत माथी अपशब्द प्रयोग गर्दै कार्यालय सहयोगी राना लगायत अन्य व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको हुन्।


१४ असार २०८०, बिहीवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु