punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मदन स्मृति दिवसको अवसरमा कैलालीमा रक्तदान र वृक्षारोपण

Chaupati
safha napa

एमालेका नेता स्वर्गीय मदन भण्डारीको स्मृतिमा आज कैलालीमा विभिन्न कार्यक्रम गरिएको छ ।प्रेस चौतारी नेपाल कैलाली शाखाले एमाले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्रदेश कमिटीको आयोजना र कैलाली बहुमुखी क्याम्पस कमिटीको संयोजनमा कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ ।

प्रेस चौतारीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोग्शरी कुँवर पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त पौडेल, कैलाली इन्चार्ज सुशील ढुंगाल, प्रदेश अध्यक्ष कृष्ण ओली, लगाएको उपस्थितिमा आज रक्तदान कार्यक्रम गरिएको हो ।

प्रेस चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको प्रेस चौतारी कैलालीका अध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए ।

यता अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय उपाध्यक्ष उपस्थिति अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष गोविन्द गिरि केन्द्रीय सचिव प्रदेश इन्चार्ज दीपक धामी, स्थायी कमिटी सदस्य रक्षा बम, प्रदेश अध्यक्ष मनोज राई लगायत का अनेरास्ववियुका नेता कार्यकर्ताको सहभागी भएर वृक्षारोपण गरेका थिए ।

आजै साँझ राष्ट्रिय युवा सङ्घले कैलालीको धनगढीमा रहेको आमाको माया छात्रावासमा फलफूल वितरण गर्ने तयारी रहेको राष्ट्रिय युवा संघ धनगढी उपमहानगरपालिका कमिटी अध्यक्ष अभिषेक नाथले जानकारी दिए ।


१४ असार २०८०, बिहीवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु