punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा बेहोस फेला परेका एक जनाको मृत्यु

Chaupati
safha napa

होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ।

मेलौली नगरपालिका ७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका(२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१४ जेठ २०८०, आइतवार १०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु