punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

होटलमा बेहोस भएका व्यक्तिको मृत्यु

Chaupati
safha napa

होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ ।

मेलौली नगरपालिका-७ को एक होटेलमा शनिवार बेहोस भएका पञ्चेश्वर गाउँपालिका(२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए ।

शनिवार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए ।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ । घटनाबारे प्रहरीले छानबिन गर्दै छ ।


१४ जेठ २०८०, आइतवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु