punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशम चौधरीको फैसलापछि नागरिक उन्मुक्तिले उठायो २ सवाल

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना नेता रेशमलाल चौधरीबारे सर्वोच्च अदालतको मंगलवारको फैसलाप्रति विरोध जनाएको छ।

२०७२ मा थरुहट आन्दोलनका क्रममा ९ प्रहरी र एक बालकको ज्यान गएको घटनामा चौधरी जेल जीवन बिताइरहेका छन्। उच्च अदालतले पनि चौधरीलाई जन्मकैदको फैसला गरेकोमा सर्वोच्चले उक्त फैसलालाई सदर गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चौधरीकी पत्नी तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छन्। सरकारमै रहेको उक्त पार्टीले चौधरीलाई अदालती विषय नबनाइ राजनीतिक मुद्दाका रुपमा हेर्नुपर्ने माग गरेको छ। आजै बिहान चौधरीले आफ्ना पार्टीका नेतालाई कारागारमै बोलाएका थिए। उक्त छलफल पछि नाउपाले सरकारलाई चेतावनी सहतिको विज्ञप्ति जारी गरेको छ।

‘टीकापुर घटना राजनीतिक थियो’
विज्ञप्तिमा आन्दोलन राजनीतिक भएको दाबी गरिएको छ। ‘नयाँ संविधान निर्माण हुँदैगर्दा नेपाल को पूर्वदेखि पश्चिमसम्म तराइको भु भागमा बसोबास गर्ने थारु जातिले चलाएको आन्दोलन पहिचानको आन्दोलन, छुट्टै प्रदेश र नामको आन्दोलन थियो,’ विज्ञप्तिमा उल्लेख छ। उक्त आन्दोलनाई हिंसात्मक बनाइएको नाउपाको भनाइ छ।

आन्दोलनरत पक्षबाट २९ फरार, ४ जनालाई जन्मकैदको सजाय भोगिरहेको नाउपाको भनाइ छ। ४ जनालाई १० वर्ष कैद, ८ जनालाई ५ वर्ष, ४ जना ३ वर्ष, १ जना ६ महिना र ६ जना सफाई सहित सजाय भोगिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन लडेकाहरु सत्तामा हुदा चौधरी जेलमा परेको भन्दै नाउपाले बिरोध गरेको हो। 


नाउपाले आज जारी गरेको विज्ञप्ति


लाल आयोगको प्रतिवेदन खै?
नाउपाले सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।

‘अब सरकारसँग हाम्रो माग मात्र २ वटा माग छ – एक सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदन लाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनु पर्छ। दोस्रो यदि रेशमलाल चौधरी लगायतका राजaन्दी हत्यारा हुन भने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

सरकारले लाल आयोग सार्वजनिक नगरे आजैदेखि आन्दोलित हुने पनि नाउपाले चेतावनी दिएको छ। विज्ञप्तिमा सरकारलाई दिएको समर्थन र सरकारमा रहने/नरहनेबारे केही उल्लेख छैन्।

‘जेष्ठ ३,४,५ गते देश व्यापी राके जुलुश पर्दशनी, कोण सभा र जेष्ठ ६ गते देखि १० सम्म नेपालबन्द गर्ने,’ विज्ञप्तिमा भनिएको छ।

 

चौधरीको छुट्टै विज्ञप्ति : अदालतको सम्मान गरौं

पार्टीले एउटा विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गर्दा रेशमले पनि जेलबाटै आफू विचलित नभएको भन्दै विज्ञप्ति निकालेका छन्। उनको विज्ञप्तिमा फैसला स्वीकारेको उल्लेख छ। अनर्गल प्रचार नगर्न पनि चौधरीले अनुरोध गरेका छन्।

‘सामाजिक सञ्जालमा जे पायो त्यहि पोष्ट नगर्न हुन अनुरोध गर्द छु,’ विज्ञप्तिमा उल्लेख छ। अदालतको फैसलाको सम्मान गर्न पनि चौधरीले आग्रह गरेका छन्।


रेशमले जारी गरेको विज्ञप्ति। जहाँ उनले अदालतको आदेशको सम्मान गरेको उल्लेख गरेका छन्।


उनले आफू पुस्तक लेखिरहेको र केहि दिनमै ‘धरातल’ पुस्तक सार्वजनिक हुने पनि जानकारी गरेका छन्। नाउपाका नेताहरुले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर पनि आफ्ना धारणा सार्वजनिक गरेका थिए।

 


४ जेठ २०८०, बिहीवार ०७:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु