पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।
मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी थिइन् । यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी छिन् ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।
३ जेठ २०८०, बुधवार १२:२६ बजे प्रकाशित































