punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारसँग वीरबहादुर बलायरले मागे जवाफ

Chaupati
safha napa

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश सरकारलाई राजधानी स्थापनाका लागि भोगाधिकार नदिनुको कारण केन्द्रीय सरकारसँग सोधेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अन्य ६ प्रदेशका राजधानी बन्दै गर्दा सुदूरपश्चिमको राजधानी नबन्नुको कारणबारे सरकारसँग स्पष्टीकरण मागेका हुन्।

‘देशका ६ वटै प्रदेशको राजधानी बन्दै गर्दा सुदूरपश्चिमको राजधानी किन बनेन’, बलायरले प्रश्न गर्दै भने, ‘अहिलेसम्म केन्द्र सरकारले भोगाधिकार किन दिएन, यसको स्पष्ट जवाफ चाहिन्छ।’

उनले कैलालीको गेटामा स्थापना भएको मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन तत्काल सम्भव नभएको जिकिर गर्दै छिटोभन्दा छिटो मेडिकल कलेजका रुपमा सञ्चालन गर्न पनि माग गरे।

‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौधौ परिराखेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो र त्यहाँ मेडिकल विश्वविद्यालय ९युनिभर्सिटी० खोलेर सञ्चालन गर्न के अहिले नेपालको सामर्थ्य छ’, बलायरले भने, ‘त्यसैले गेटा मेडिकल कलेजलाई छिटोभन्दा छिटो मेडिकल कलेजका रुपमा स्थापित गरेर सञ्चालन गरियोस्।’

उनले संघीय सरकारले अझै पनि सुदूरपश्चिमलाई विभेद गरिरहेको गुनासो गर्दै उनले डोटीका भूकम्पपीडितलाई सरकारले राहत तथा क्षतिपूर्ति नदिएकामा आपत्ति जनाए।

‘के देशमा आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ’, बलायरले प्रश्न गर्दै भने, ‘अहिलेसम्म डोटीका भूकम्प पीडितहरुले गएको कात्तिक २२ गते राति २ बजे गएको भूकम्पबाट पीडितहरु घरबारविहीन छन्। राज्यले त्यसको जवाफदेहिता दिनुपर्दैनरु’


१ जेठ २०८०, सोमवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु