punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वास्तविक पहिरो पीडितको व्यवस्थापन गर्न गाउँपालिका अध्यक्षको माग

Chaupati
safha napa

चुरे गाउँपालिकाका बिभिन्न क्षेत्रमा बसोबास गर्दै आइरहेका पहिरो पीडितबारे छानबिन गर्न गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले माग गरेका छन् ।

धनगढीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष बोगटीले छानबिन पछि मात्रै वन कार्यकालले उनीहरूलाई वन क्षेत्रबाट अटाउनु पर्ने बताएका थिए ।

२०७६ को पहिरो पछि विस्थापित भएर बसेकाहरूका बिषयमा छानबिन गर्न उनले माग गरेका हुन् । यहाँ रहेका चार सय १८ परिवार मध्ये आधा भन्दा बढि वास्तविक पीडित भएको भन्दै ती पीडितको बिषयमा सरकार गम्भीर बन्नु पर्ने र उनीहरूलाई व्यवस्थापन गर्नु पर्ने अध्यक्ष बोगटीले बताए ।

वनले अहिले बसिरहेको क्षेत्रबाट उठाएमा वास्तविक पीडितको बिचल्ली हुने कुरातर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । यसअघि पीडितहरूको व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालय, संघीय सरकारका विभिन्न निकायमा पटक पटक धाउँदा समेत कुनै सुनवाइ नभएको अध्यक्ष बोगटीले गुनासो गरे ।


२८ वैशाख २०८०, बिहीवार ०९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु