punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रहेनन् जनआन्दोलनका ‘जिउँदा सहिद’ मुकेश

Chaupati
safha napa

दोस्रो जनआन्दोलन (२०६२/०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत सोमबार शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो।

२०६२ चैत २७ गते बनेपामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कायस्थ अचेत भएका थिए। १४ वर्षकै उमेरमा गोली लागेका उनलाई ११ महिना काठमाडौंको वीर अस्पतालमा उपचार गरेर घर लगिएको थियो। घर लगिएपछि पनि ओछ्यानको ओछ्यान नै रहे।

२०७६ सालमा मस्तिष्को नशाको शल्यक्रियासमेत गरिएको थियो। त्यसयता उनको अवस्था झन् खस्कँदै गएको परिवारले जानकारी दिएको छ।

उनको बिहीबार अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिए।


२८ वैशाख २०८०, बिहीवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु