punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व गृहमन्त्री खाणसँग सरकारी वकिलले आजदेखि बयान लिने

Chaupati
safha napa

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले आजदेखि बयान लिन सुरु गर्ने भएको छ।

खाण पक्राउको विषयमा केन्द्रित भएर आजदेखि बयान लिन सुरु गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्छ, ‘शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिनेछ ।’

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो रु अदालत किन जानु भएको हो रु अदालतले के(के निर्णय दियो रु लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण र घटनामा उनको संलग्नता के कस्तो हो रु भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने ।

बुधवार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री खाणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिएको छ । अदालतले दिएको समयसीमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ । हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाणले सरकारी वकिल समक्ष आफ्नो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए ।


२८ वैशाख २०८०, बिहीवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु