punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकार विस्तारमा सहमति गर्न देउवालाई मुख्यमन्त्री शाहको आग्रह, देउवाले भने -आजै टुङ्गिन्छ

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतका नेताहरूले कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् ।

प्रदेशमा सरकार विस्तारमा शीर्ष नेताहरूलाई सहमति गर्न दबाब दिँदै मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, माओवादीका सांसद ओम विक्रम भाट सरल र अक्कल रावलले आज कांग्रेस सभापति देउवालाई भेटेका हुन् । भेटका क्रममा प्रदेशमा सरकार विस्तारमा ढिलाइ भइरहेको र त्यसलाई अघि बढाउन केन्द्रबाटै सहमति गर्नुपर्ने बताएका थिए ।

प्रदेशमा धेरै पार्टी भएको हुँदा सहमति गर्न कठिन भएको भन्दै केन्द्रबाटै भागबन्डा टुङ्गो लगाउन आग्रह गरिएको भेटमा सहभागी एक नेताले जानकारी दिए । देउवालाई मुख्यमन्त्री शाह र माओवादी संसदीय दलका नेता भट्टले सरकार विस्तारमा भइरहेको ढिलाइ बारे जानकारी गराएका थिए।

सभापति देउवाले आजै भागबन्डा टुङ्गो लगाउने आश्वास दिएका थिए । ‘प्रदेश सरकालाई पूर्णता दिने बारे आजै प्रधानमन्त्रीसँग कुरा गर्छु’, देउवाले भनेका थिए ‘जति ढिलो हुनु भयो अब हुन्न ।’
आज देउवालाई भेट्न गएका सबैले हिजो माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । उनीहरुले सरकार विस्तार गर्न शीर्ष नेताहरू बिच सहमति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रचण्ड र देउवा दुबैलाई भेटेपछि आजै साझ सम्म भागबन्डा टुङ्गिनेमा माओवादी नेताहरू विश्वस्त छन् ।

आज सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको ठिक तीन महिना पुगेको छ । माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएको शाहले अहिले सम्म दुई जना बाहेकलाई मन्त्रीमा नियुक्त गर्न सकेका छैनन् । काङ्ग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा नरेश शाहीले जिम्मेवारी पाएको तीन महिना भएको छ ।

त्यस बाहेक सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री छैनन् । यी मन्त्रालयमा आज वा भोली भित्रै मन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीले तयारी गरिरहेका छन् ।
देउवा र प्रचण्ड बिच छलफल भए लगत्तै प्रदेश सरकारले पूर्णता पाउने छ।


२६ वैशाख २०८०, मंगलवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु