punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा चट्याङ लागेर छोराको मृत्यु, आमा सहित थप एक जना घाइते

Chaupati
safha napa

कैलाली । दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको र सोही ठाउँका ३९ वर्षीया मिना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

चट्याङ लागेर मृत्यु भएका नरेश र घाइते भएकी मिना आमा छोरा हुन् । अर्का घाइते कुमार मिनाका भतिजा हुन् ।

सोमवार साँझ खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो। चिउरीको रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएका नरेशको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको र थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।


२६ वैशाख २०८०, मंगलवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु