punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक महिलामाथि कुटपिट

Chaupati
safha napa

कैलालीमा त्रिपाल टाँगेर बस्दै आएकी महिलामाथि राति कुटपिट भएको छ।

जिल्लाको गोदावरी नगरपालिका-३ चौकिडाँडामा घर भत्काइएपछि त्रिपाल टाँगेर बस्दै आएकी वादी समुदायकी ६० वर्षीया पार्वती वादीमाथि कुटपिट भएको हो। चौकिडाँडाको सुकुम्बासी बस्तीमा बस्दै आएकी पार्वती वादीमाथि बिहीबार राति कुटपिट भएको मिठु वादीले बताइन्।

मध्यराति सुतेको ठाँउबाट पर लगेर दुईजना अन्जान पुरुषले पार्वतीमाथि कुटपिट गरेको मिठु वादीले बताइन्। कुटपिटबाट वादीको शरिरमा निलडाम परेका छन्। ती व्यक्तिहरुले वादीले लगाएको लुगा पनि च्यातिदिएका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय अत्तरियाले अनुसन्धान भइरहेको जनाएको छ।


२३ वैशाख २०८०, शनिवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु