punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो ।

नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।


२२ वैशाख २०८०, शुक्रवार २१:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु