punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तनहुँ १ मा स्वर्णिम वाग्लेको मतान्तर ७ हजार नाघ्यो

Chaupati
safha napa

तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।

आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।


११ वैशाख २०८०, सोमवार १७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु