punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका योजना समयमै सम्पन्न गर्न भौतिक मन्त्री देउवाको निर्देशन, भन्छन्- कि गर कि छोड

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बिभिन्न जिल्लामा चलिरहेका विकासका कामहरूलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रदेश सरकार मार्फत बन्दै गरेका विकासे आयोजनाहरूको निरीक्षण गर्दै मन्त्री देउवाले निर्धारित समयमै काम पुरा गर्न निर्माण कम्पनी, ठेकेदार र उपभोक्ता समितिलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव प्रेमदत्त भट्ट सहितको टोलीले बिभिन्न जिल्लामा प्रदेशका योजनाहरूको निरीक्षण र अनुगमन गरेको हो । आगामी आर्थिक बर्ष बजेट विनियोजन गर्नु अघि निर्माणाधिन योजनाहरूको अवस्थाबारे बुझ्न मन्त्री बिभिन्न जिल्ला पुगेका हुन् ।

त्यस क्रममा सुस्त काम भइरहेका योजनाका बिषयमा मन्त्री देउवाले चासो व्यक्त गरेका थिए । उनले निर्माण कम्पनीलाई भने, ‘कि सम्झौता अवधिभित्रै काम गर्नुस्, नभए छोड्नुस्। अब बहाना बनाउन पाइँदैन।’ मन्त्री देउवा सहितको टोलीले कञ्चनपुर, डडेल्धुरा र डोटी जिल्लाका विभिन्न योजनाको अनुगमन गरेको हो ।

कञ्चनपुर बेदकोट नगरपालिका वडा न १० चौधर नदी दैजीको पुल, बेदकोट नगरपालिका वडा न ४ बालज्योति बगुनखोला पुल, दैजी जोगबुढा जोड्ने सडक निर्माण योजनाको मन्त्रीको टोलीले अनुगमन गरेको छ।

यसै गरी, डडेल्धुरा पर्शुराम नगरपालिका वडा न ९ खानीडाडा खानेपानी, सिचाइ तटबन्ध, सिद्धानाथ मावि वीरेन्द्र पन्तुराको खेल मैदान निरीक्षण,पर्शुराम नगरपालिकाको कार्यालयमा पालिकाको माग पत्र र स्वागत कार्यक्रम, पर्शुराम नगरपालिका वडा न ६ सिमखेत रगुन पन्तुर खोला दोभान नदी कटान , वडा न १२ कैनीपानी नदी कटान र तटबन्ध अनुगमन, आलिताल गाउँपालिकाका योजना अनुगमन र डोटीको बुडर जोरायल सडक अनुगमन गरेको छ।
यी योजना अनुगमनका क्रममा विभिन्न ठाउँमा ज्ञापन पत्र तथा माग पत्र बुझ्ने कामसँगै जनतासँग अन्तरक्रियासमेत गरिएको छ।

शनिवार गैराबाट खाईगाड मुडभरा जोडने सडक, भागेश्वर कृषि तथा पशुपालन फर्म , बडाल खेलमैदान र मन्दिर , विद्यालय निरीक्षण गरिएको थियो ।
रडुवाखोला देखि नवदुर्गा गाउँपालिका सम्म जोडने सडकको, पोखरा बेलापुर हुँदै ढुङगाड नवदुर्गा गाउँपालिका जोडने सडक पनि अनुगमन गरिएको हो ।


११ वैशाख २०८०, सोमवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु