punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

Chaupati
safha napa

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको उपचारका क्रममा शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा १ सय वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

यसअघि असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

शरीर दानको घोषणा गरेकाले उनको पार्थिव शरीर किष्ट मेडिकल कलेजमै अध्ययनका लागि राखिनेछ। सत्यमोहनको पार्थिव शरीर पनि किस्ट अस्पतालमै राखिएको छ।


२ वैशाख २०८०, शनिवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु