punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मालाखेतीमा प्रसूतिका क्रममा मृत्यु भएकी सुत्केरी महिला र शिशुको शव आफन्तले बुझे, के भयो सहमति ?

Chaupati
safha napa

कैलालीको मालाखेती अस्पतालमा प्रसूतिका क्रममा मृत्यु भएकी सुत्केरी महिला र शिशुको शव आफन्तले बुझेका छन् ।
आज ९बुधबार० इलाका प्रहरी मालाखेतीमा पीडित पक्ष, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समिति बिच सहमति भएपछि आफन्तले महिला र शिशुको शव बुझेका हुन् ।
नवजात शिशुसहित मृतक लक्ष्मी भट्टराईका छोरा आयुश भट्टराईलाई कक्षा १२ सम्म आवासीय शिक्षा दिलाउने, परिवारलाई ५ लाख नगरपालिकाले उपलब्ध गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। जोशी छानबिन समितिका सदस्य पनि हुन् ।
छानबिन समितिको प्रतिवेदन पछि थप कारबाही प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।
सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।


२९ चैत २०७९, बुधवार २१:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु