punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विसु पर्व मनाउन विष्णु पौडेल धनगढी आउँदै, पर्वलाई देशव्यापी बनाउने र पार्टी बलियो बनाउने एमालेको रणनीति

Chaupati
safha napa

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी भित्रका अन्तरद्वन्द्वलाई हटाउने र पार्टी सुदृढीकरण गर्ने उद्देश्यले वैशाख १ गते बिसु पर्व मनाउने भएको छ ।

रिस-राग र तिक्तता मेटाउने पर्वका रुपमा परिचित विसु पर्वलाई यस पटक एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी भित्रको कलह व्यवस्थापन गर्ने माध्यमका रुपमा लिने भएको हो ।

बिसु पर्व विशेष गरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।

पुराना सबै तिक्तता भुलेर नयाँ वर्षबाट नयाँ ऊर्जासहित जीवन सुरु गर्ने उद्देश्यले मनाइने पर्वलाई यस पटक पार्टीसँग जोड्न लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

‘यस पर्वको अर्थ पनि विष पखाल्ने भन्ने हो हामी पनि २०८० सालको पहिलो दिन एकताबद्ध हुने सन्देशसहित पुराना सबै रिसा, राग असन्तुष्टि र गुनासाहरू पखाल्ने योजना सहित बिशु मनाउने तयारी गरेका छौँ’ उनले भने, ‘पार्टी बलियो बनाउने र सुदूरपश्चिमको मौलिक पर्वलाई देशै भरी चिनाउने हाम्रो योजना हो ।’

सुदूरपश्चिम प्रदेशमा पार्टी भित्र गुट नभएको दाबी गरेका पाठकले पार्टीलाई अझै मजबुत बनाउन बिसु पर्वको कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरे । विसु पर्वको कार्यक्रममा सहभागी हुन एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल वैशाख १ गते धनगढी पुग्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा मनाइने बिसु पर्वको बारेमा जानकारी पाए लगत्तै पौडेल उक्त पर्व सहभागी हुने इच्छा व्यक्त गरेका थिए ।

डोटीको एक कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले बिसु पर्वको बारेमा बताएका थिए । ‘उहाँ ९लेखराज भट्ट०ले सुदूरपश्चिमको मौलिक पर्व विसु पर्वको बिषयमा बताएपछि उपाध्यक्ष कमरेडलाई यहाँ आउने चाहना पलाएको हो’ सचिव पाठकले भने ‘पार्टी केन्द्रीय उपाध्यक्ष ,पूर्व उपप्रधान तथा सफल अर्थमन्त्री बिसु पर्वको कार्यक्रममा आउनु भएपछि यस पर्वको देशव्यापी फैलिने अपेक्षा गरिएको छ ।’

एमाले केन्द्रीय सचिव लेखराज भट्टले पनि प्रदेशको मैलिक पर्वलाई देशै भरी प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कसरी मनाइन्छ विसु पर्व ?

देवर-भाउजू, नन्द-भाउजू र साली-भिनाजुले एकापसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर नहुने र नन्द नहुने, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा रहेका भनाइ छ ।

हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीस्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।
हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।

शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।

सुदूरपश्चिमको महत्त्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने ९स्थानीय भाषामा घर छिप्ने० गरिन्छ ।

 


२९ चैत २०७९, बुधवार २१:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु