punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भीम रावलले भने -गन्तव्य परिवर्तन गर्ने पक्षमा छैन, घचेटिराखे नयाँ पाइला चाल्न सक्छु

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका नेता डा- भीम रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा नरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

‘तपाइ अहिले पार्टीको कुनै भूमिकामा हुनुहुन्न, कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो रु’ पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु– त्यति बेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

उनले अन्तिम विन्दु सम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताए ।
एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन् ।

कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले स्पष्ट पारे ।
उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरेका थिए । ‘मैले ०४८ साल देखी चुनाव लड्दै आएको छु कहिल्यै कसैसँग टिकट मागिन तपाइले माग्नु भयो र’ उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्न गरे ।


१४ चैत २०७९, मंगलवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु