punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साफ यू-१७ मा रसियासँग हार्‍यो नेपाल

Chaupati
safha napa

साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ।

बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई आइतबार रसियाले ३-० गोलले पराजित गरेको हो।

प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा नेपाललाई भारतले ४-१ ले हराएको थियो।

दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको थियो।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।

नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ। अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। भारत र बंगलादेशले भने दुई दुई खेलमा जित हात पारेका छन्।


१३ चैत २०७९, सोमवार ०७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु