नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम अध्यक्षमा बोगटी, सम्पूर्ण पदमा निर्विरोध निर्वाचित
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको छैटौँ सभाले शङ्कर बहादुर बोगटी अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ ।
उद्योग र बाणिज्य उपाध्यक्ष मदन राज पन्त, एसोसियट र बस्तुगत उपाध्यक्षमा अनिल कुमार,
कोषाध्यक्षमा लालमणि पन्त सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरूमा पदम राज चौलागाई , वासुदेव गौतम, कृष्ण बहादुर तामाङ, सन्तोष खड्का, कृष्ण कुँवर ,लोकराज भट्ट र शङ्कर बहादुर खड्का चयन भएका छन् ।
शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको छैटौँ सभाको उद्घाटन गरेका थिए ।
१२ चैत २०७९, आइतवार १६:०६ बजे प्रकाशित






























